विराटनगर ।सुदूरपश्चिम ,सामाजिक सेवामा सक्रिय युवा आशिका तामाङलाई सुदूरपश्चिमका विद्यार्थीहरूले भावनात्मक रूपमा सम्मान गरेका छन्। विद्यार्थीहरूले अनुहार छोपिने गरी उनलाई फूलमाला लगाएर स्वागत गरेका हुन्।
आशिका तामाङले सुरु गरेको “१ रुपैयाँ अभियान” बाट देशभरका हजारौं विद्यार्थीहरूले न्यानो कपडा पाएका छन्। ठुलो रकम नभए पनि साना–साना सहयोगहरूलाई एकत्रित गर्दै उनले असहाय र विपन्न विद्यार्थीहरूलाई राहत पुर्याउँदै आएकी छिन्।
सुदूरपश्चिमका विद्यार्थीहरूले उनको सेवाभाव र मानवताका लागि गरेको अभियानप्रति कृतज्ञता जनाउँदै “आशिका दिदी हाम्रो प्रेरणा हुन्” भन्ने प्रतिक्रिया दिएका छन्।




















