विराटनगर ।मुम्बई —

बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्रको मृत्यु भएको भन्ने समाचार असत्य भएको छ। उनको परिवारले उक्त समाचारलाई ठाडै खण्डन गरेको छ।

धर्मेन्द्रकी पत्नी हेमामालिनीले सामाजिक सञ्जालमार्फत श्रीमानको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताउँदै भ्रामक समाचारमा विश्वास नगर्न अनुरोध गरेकी छन्।

आज बिहानदेखि केही भारतीय सञ्चारमाध्यमहरूले धर्मेन्द्रको निधन भएको दाबीसहित समाचार सम्प्रेषण गरेका थिए। सोही क्रममा भारतीय रक्षामन्त्री राजनाथ सिंहलगायतका धेरै कलाकार र नेताहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली समेत व्यक्त गरेका थिए। तर, परिवारका सदस्यहरूले ती सबै समाचारलाई असत्य बताउँदै धर्मेन्द्र हाल उपचारमा रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्।