विराटनगर । विराटनगरको बरगाछीमा सवारी दुर्घटना हुँदा एक महिलाको घटना स्थलमै निधन भएको छ ।

मोटरसाईकलमा सवार दुईजना मध्ये मोटरसाईकलमा पछाडी बस्ने महिलाको मालबहाक ट्रकमा ठोकिएर ती महिलाको मृत्युभएको छ । भारतीय नम्बरको ट्रकलाई भने प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ घटनाबारे थप विवरण आउन बाँकी छ।