विराटनगर ।मोरङ, रंगेली —
हालै रंगेली क्षेत्रमा ‘लकडबग्गा’ (हाइना) देखिएको भन्दै सामाजिक सञ्जालमा सार्वजनिक गरिएको तस्बिर अफुवा भएको खुलेको छ। प्रारम्भिक खोजतलासका क्रममा उक्त तस्बिर वास्तविक नभई कृत्रिम रूपमा निर्मित (AI-generated) भएको पुष्टि भएको हो।
स्रोतका अनुसार उक्त तस्बिर Google Gemini प्रयोग गर्ने केही युवाहरूले कृत्रिम रूपमा तयार पारी सामाजिक सञ्जालमा अपलोड गरेका थिए। त्यसपछि उक्त तस्बिर तीव्र रूपमा भाइरल बनेपछि स्थानीयवासीबीच भ्रम र त्रास फैलिएको थियो।
यसबीच, नेपाल–भारत सीमा क्षेत्रमा पर्ने भारतको बिहार राज्यमा हालैका दिनमा हाइना देखिएको र केही व्यक्तिमाथि आक्रमण भएको खबर सार्वजनिक भएका छन्।
रंगेली क्षेत्रमा फैलिएको उक्त तस्बिर सो घटनासँग सम्बन्धित नभएको पुष्टि भएको राम शर्माले यो सम्बन्धि ए आइ प्रयोग कर्ता संग कुराकानी गरेको अन्तरवार्ता मार्फत सार्वजनिक गरेका छन्।यसबारे थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।




















