
विराटनगर ।पथलैया, कार्तिक २४ —
पथलैया–निजगढ बीचको जङ्गल क्षेत्रमा जङ्गली हात्तीको आतंक फैलिएको छ। शनिबार बिहान दुई वटा हात्तीले सडकमा गुडिरहेका सवारीसाधनहरूमा आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ। भने करिब आधा दर्जन सवारीसाधन क्षतिग्रस्त भएका छन्।
आकस्मिक रूपमा सडकमा आएका हात्तीहरूले निजी र सार्वजनिक दुबै प्रकारका सवारीसाधनमा आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। घटनापछि सो क्षेत्र तनावग्रस्त बनेको छ। र हाल सडकमा आवागमन अवरुद्ध भएको छ।
सुरक्षाकर्मी र वन सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ। स्थानीयवासीहरूमा तीव्र त्रास र डरको माहोल देखिएको छ। सम्बन्धित निकायले हात्ती नियन्त्रण र आवागमन सहज बनाउन प्रयास गरिरहेको जनाईएको छ।





















