विराटनगर।कार्तिक २४ —
जेन जी आन्दोलनको क्रममा विराटनगर–१२ वडा कार्यालयमा भएको आगजनी र तोडफोडका कारण कार्यालयको सम्पत्ति क्षति पुगेपछि स्थानीय मनकारी व्यक्तिहरू र संस्थाहरूले विभिन्न किसिमका सहयोग प्रदान गरेका छन्।

वडामा केही नबचेको अवस्थामा सहयोगी मनहरूले हात अघि बढाएका हुन्।
बिकेभियम सेकेण्डरी स्कुलले  वडा कार्यालय रंग–रोपन गरिदिएको छ। भने होलिल्याण्ड सेकेण्डरी स्कुलले   रू. १०,००० सहयोग गरेको छ।
त्यसैगरी कोशी ग्यास उद्योगका मालिकले निजि सहयोगस्वरूप एउटा कम्प्युटर सेट र कलर पेन्टिङको व्यवस्था गरिदिएका छन्।

वडा तर्फबाट सम्पूर्ण सहयोगीदाताहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ।
वडा कार्यालयले सबै सहयोगी मनहरूप्रति आभार प्रकट गर्दै कार्यालय पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको सोही वडाका सदस्य कुशेस्वर राजवंशीले जानकारी दिएका छन्।


Messenger_creation_090ACFCE-EB00-4CA8-B064-39C12454B34EMessenger_creation_AE1B5F70-2E0A-4755-96D8-F94FABA96389 1Messenger_creation_724F672B-4DB2-48AE-BD41-1F86FAE112D3