विराटनगर ।विराटनगर मोरङ — एमाले जिल्ला पार्टी कार्यालय पुनर्निर्माण कार्यको सन्दर्भमा आज अनेमसंघ (अखिल नेपाल महिला संघ) द्वारा श्रमदान अभियान सञ्चालन गरिएको छ।
अभियानमा संघका सदस्यहरू, स्थानीय कार्यकर्ताहरू र एमालेका विभिन्न जनसंगठनका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको ११वडा नम्बर का अध्यक्ष तिर्थेन्द्र न्यौपानेले जानकारी दिए। श्रमदानमार्फत कार्यालय परिसरको सरसफाइ, पुराना संरचना हटाउने तथा नयाँ भवन निर्माणका तयारीका कामहरू गरिएको न्यौपानेले जानकारी दिए।
संगठनका नेतृहरूले श्रमदान अभियानले एकता, सहयोग र स्वावलम्बनको भावना जगाउने बताउँदै आगामी दिनमा यस्ता सामूहिक सामाजिक पहलहरू निरन्तर गर्ने प्रतिबद्धता जनाएका छन्।




















