विराटनगर। मोरङको रंगेली क्षेत्रमा हाइना हुँडार देखियो’ भन्ने हल्लाले स्थानीयमा त्रास फैलिएको छ । शनिबार राति रंगेली नगरपालिका–५ र ६ मा हाइना (हुँडार) को हुल देखियो भन्दै गाउँभरि भागाभाग मच्चिएको थियो । तर वन तथा प्रहरी निकायको टोलीले घटनास्थलमा कुनै जनावर नदेखेपछि हल्लाको आधार पुष्टि हुन सकेको छैन ।हल्ला र आतंक नफैल्याउ प्रहरीले आग्रह गरेका छन्।
स्थानीयले सामाजिक सञ्जालमा ‘हाइना सडकमा हिँड्दै गरेको’ भन्दै तस्वीरहरू सेयर गरेपछि त्रास फैलिएको थियो । तर, अनुसन्धानपछि ती तस्वीर भारतको सीमावर्ती क्षेत्रमै खिचिएको पत्ता लागेको इलाका प्रहरी कार्यालय रंगेलीका इन्चार्ज नरेन्द्रकुमार बोगटीले जानकारी दिए ।




















