विराटनगर ।कार्तिक २२, झोराहाट (मोरङ) — प्रभात साकोसको २९ औं वार्षिक साधारणसभा विभिन्न रचनात्मक कार्यक्रमसहित सम्पन्न भएको छ।
कार्यक्रममा संस्थाका अध्यक्ष प्रयाग न्यौपानेले २०८२ सालको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै साधारणसभालाई सम्बोधन गरे। सभाका प्रमुख अतिथि माननीय जयप्रकाश चौधरी रहेका थिए भने अतिथिहरूमा साना किसान अध्यक्ष रूद्र कार्की, जेष्ठ नागरिक समाज अध्यक्ष कमल भट्टराई, सहकारी संजाल सचिव भुपनारायण चौधरी, संस्थाका पूर्व अध्यक्षहरू हरिचरण न्यौपाने, केदार भण्डारी, कृष्णहरि घिमिरे, अशोक लुइटेल, झनेन्द्र भण्डारी लगायतका व्यक्तिहरूको सहभागिता थियो।
सभामा विभिन्न प्रस्तावहरूमाथि छलफल गरिँदै निर्णयहरू पारित गरिए। कार्यक्रममा उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता, साथै सेयर सदस्यका छोराछोरीमध्ये कक्षा +2 मा सर्वोत्कृष्ट नतिजा ल्याउने छात्र–छात्रालाई नगद राशिसहित सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा कोषाध्यक्ष भोला लुइटेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरे भने सचिव ऋषि दाहालले सञ्चालन गरेका थिए।




















