विराटनगर । नेपालबिटको आयोजनामा इटहरी, सुनसरीमा रहेको कस्तुरी कलेजको सभाहलमा एक विशेष कार्यक्रमको आयोजना गरेर महफिलको पहिलो शृङ्खला सम्पन्न भएको छ ।
महफिलमा बाबु त्रिपाठी, रूपक वनवासी, दीर्घराज प्रियसी र दीपा दीपहरि प्रस्तुत भएका थिए । सहभागीहरूले विभिन्न ३ चरणमा गजल वाचन गरेका थिए ।
दुई चरणमा ३/३ र अन्तिम चरणमा २/२ ओटा गरेर प्रत्येक आठ आठओटा गजल वाचन गरेका थिए । वरिष्ठ साहित्यकार डा. छवि वैरागी घिमिरे प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा वरिष्ठ कवि मनु मञ्जील,कस्तुरी कलेजका अध्यक्ष रामचन्द्र अधिकारी, अग्रज स्रष्टा बद्री भिखारी,सङ्गीत साधना प्रतिष्ठान नेपाल, इटहरीका महासचिव राजु केसी, कोसी साहित्य-कला परिषद् नेपालका अध्यक्ष केशु विरही, सचिव नवराज पोखरेल नवशिला, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला,भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खा लगायतका विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गोपाल देवान, श्रेष्ठ परिक्रमा, सुविद गुरागाईं, चन्द्र गुरुङ,हेमन यात्री, श्रीप्रसाद पोखरेल, दिनेश थापा ‘बेगारी’, पुण्य चम्लागाईं,जिपि तिवारी,जेबी थुलुङ,प्रिन्स प्रमोद ढकाल, टीका मिलन, किशोर कोइराला,रोमु अधिकारी,रोहिणी रसिक, केशव रिमाल,शैलेन घिमिरे,जेबी खत्री, अभिमन्यु अभिजित,केपी घिमिरे,नवीन थापा छेत्री,विनोद विवश घिमिरे,खेमचन्द्र अधिकारी, यादव भट्टराई, राजन पोखरेल, विवेक कार्की,मनोज कार्की,सिर्जना बुढाथोकीलगायतका स्रष्टा,सर्जक एवम कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।
नेपालबिटका अध्यक्ष रामप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने टेलिभिजन प्रस्तोता उषाकिरण घिमिरेको रहेको थियो ।




















