विराटनगर ।नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री मोहम्मद अफताव आलमको मृत्यु भएको छ। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत आलमको आज बिहान ३ बजे मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
उनको स्वास्थ्य अवस्था खराब भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। सुगर, उच्च रक्तचापलगायत स्वास्थ्यमा समस्या देखिएपछि आलम भर्ना भएका थिए । उनको स्वास्थ्यमा थप समस्या खराब बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
उनको शवलाई आज बिहान एम्बुलेन्समार्फत रौतहट लगिएको छ।




















