विराटनगर ।काठमाडौँ , हराएको झण्डै एक सय वर्षपछि व्रह्माको मन्दीर पुनःनिर्माण गरी काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले उद्घाटन गरेका छन् ।
१९९० सालअघि नै भग्नावशेषमा परिणत भएको यो मन्दीर लामो समयसम्म झाडीले ढाकिएको अवस्थामा थियो । पुरातत्व विभागको सहयोगमा सो स्थलमा उत्खनन गर्दा प्राचीन मन्दीरको अवशेष फेला परेपछि यसको ऐतिहासिक अध्ययन गरिएको थियो ।
अध्ययनअनुसार मन्दीर छैटौँ शताब्दी देखि सातौँ शताब्दीको बीचमा निर्माण भएको अनुमान गरिएको छ । मन्दीरको मूल संरचना र दस्तावेज भेट्न नसकेपछि, उत्खननमा भेटिएका जगको आकृति र प्रयोग भएका निर्माण सामग्रीका आधारमा पुरातत्वविद्हरूको परामर्शमा मन्दीरको रेखाङ्कन गराई पुनःनिर्माण गरिएको हो ।




















