विराटनगर ।काठमाडौं , सामाजिक सञ्जालमार्फत अमर्यादित र अभद्र अभिव्यक्ति दिएको आरोपमा डा. निकोसल (कमल) भुसाललाई प्रहरीले पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय गोरखा प्रहरीको टोलीले गरेको सहकार्यमा भुसाललाई गोरखा नगरपालिका–८, रानीवनस्थित सरस्वती आश्रमबाट मंगलबार दिउँसो नियन्त्रणमा लिएको छ ।

कार्यालयका एक अधिकृतका अनुसार भुसालमाथि सामाजिक सञ्जाल प्रयोगमार्फत आपत्तिजनक र अभद्र सामग्री प्रवाह गरेको अभियोग लागेको हो। सोही आधारको अभियोगमा उनलाई नियन्त्रणमा लिइएको र कानूनी प्रक्रिया अघि बढाइने जनकारी दिएको छ ।

गोरखाका प्रहरी प्रमुख एसपी भरत विकले पनि डा. भुसालको पक्राउ पुष्टि गर्दै उनलाई थप अनुसन्धानका लागि काठमाडौं पठाउने तयारी भइरहेको जानकारी दिएका हुन् ।