विराटनगर । मोरङको बेलबारी नगरपालिका–३ स्थित लोहन्द्रा खोलामा १ जना वृद्ध मृत अवस्थामा फेला परेका छन् ।
सोमबार दिउँसो करिब १२.१० बजे खोलामा एक जना पुरुषको शव देखेपछि स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय बेलबारीलाई खबर गरेको थियो ।
प्रहरीका अनुसार मृत फेला पर्ने व्यक्ति सोही वडाका अन्दाजी ६० वर्षीय बलबहादुर खड्का रहेको बताएका हुन् । स्थानीयको जानकारी पाउने बित्तिकै तत्काल प्रहरी निरीक्षक राजीव गिरीको कमाण्डमा प्रहरीटोली घटनास्थलमा पुगेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















