विराटनगर ।धनकुटा नगरपालिका–९ तिनघुम्ति स्थित कोशी लोकमार्गमा आज बिहान दमकबाट दिक्तेलतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा एकजना घाइते भएकी छन्।

प्रहरीका अनुसार प्र १–०२–००१ ख ९५१९ नम्बरको बसको हावाको पाइप अचानक पड्किँदा गाडी अनियन्त्रित भई सडकमा पल्टिएको हो। दुर्घटनामा मोरङ, लेटाङ नगरपालिका–३ की ५५ वर्षीया मिना गुरुङ ढाडमा चोट लागी सामान्य घाइते भएकी छन्। उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

बसमा रहेका अन्य २६ जना यात्रु सकुशल रहेका छन्। दुर्घटनापछि प्रहरी चौकी मुलघाटबाट गएको टोलीले उद्धार  गरेको हो। आवागमनमा सामस्या नरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिएका छन्।