विराटनगर । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चोरी नियन्त्रण र बक्यौता उठाउन थालेपछि केही व्यापारी समूहले उनलाई 'पैसा तिर्दैनौं!' भन्दै धम्की दिएका छन्।यतिबेला उनलाई धम्की दिएको घटना सार्वजनिक भएको छ।
घिसिङले इमानदारीका साथ प्राधिकरणको राजस्व संकलन र प्रणाली सुदृढीकरणको अभियान अघि बढाइरहेका बेला यस्तो धम्की आएको हो। इमानदार सरकारी सेवकलाई डर र दबाब देखाउने प्रवृत्तिले देशको सुशासन प्रणाली कमजोर पार्ने भन्दै यस कार्यको व्यापक आलोचना भइरहेको छ।
सामाजिक सञ्जालदेखि विभिन्न नागरिक अभियन्तासम्मले घिसिङप्रति एकजुट समर्थन जनाउँदै, धम्की होइन, सत्य र निष्ठाको साथमा देश अघि बढोस्,भन्ने सन्देश दिएका छन्




















