मनाङ । लगातारको हिमपातका कारण तिलिचो बेस क्याम्पमा अलपत्र परेका ७५० जनाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा उद्धार गरेका छन्।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार उद्धार गरिएका सबैलाई डिस्याङ गाउँपालिका–९ खाङसार ल्याइएको छ। अन्य ५० जना बेस क्याम्पमै सुरक्षित अवस्थामा छन्।
मनाङ घुम्न गएका पर्यटकलाई बसोबासको समस्या भएपछि खाङसारमा सुरक्षित रूपमा फर्कने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।




















