विराटनगर । नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि तिर्न बाँकी रहेको बिजुलीको बिल नतिरेपछि रिलायन्स उद्योगको लाइन काटेपछि उद्योगले उत्पादन बन्द गरेको छ।
रिलायन्स उद्योगले ३५ सय कर्मचारीलाई अनिश्चितकालीन बिदामा पठाएको जनाएको छ। यस उद्योगले देशभर रहेका ३ हजारभन्दा बढी कपडा उद्योगहरूलाई धागो आपूर्ति गर्दै आएको थियो।
विद्युत् प्राधिकरणका अनुसार उद्योगले करिब ७५ करोड रुपैयाँ बराबरको बिजुली बिल तिर्न बाँकी रहेको छ। प्राधिकरणले पटक–पटक किस्ता तिर्न अनुरोध गरे पनि उद्योगले बेवास्ता गरेपछि लाइन काटिएको बताइएको छ।




















