विराटनगर ।सूर्य उपासना र शुद्धताको प्रतीक छठ पर्वको दोस्रो दिन आज देशभर ‘खरना’ निष्ठा र श्रद्धासँग मनाइँदै छ। छठ पर्व चार दिनसम्म मनाइने धार्मिक पर्व हो। जसमा आजको दिन अर्थात् दोस्रो दिन विशेष महत्वका साथ मनाइन्छ।

आजको दिनमा व्रतधारी महिलाहरूले दिनभरि निर्जला उपवास गरी साँझ सूर्यास्तपछि चामल, दूध र गुड मिसाएर बनाइने खीर तथा अन्य प्रसाद ग्रहण गरी खरना विधि सम्पन्न गरिन्छ ।