लेटाङ, मोरङ , लेटाङ–२ स्कुलचोकबाट १८ दिनअघिदेखि सम्पर्कविहीन रहेकी १३ वर्षीया बालिका अंशु गौतम मृत अवस्थामा फेला परेकी छन्।
उनको शव आज बिहान लेटाङ–बेलबारी सिमानासँगैको जंगल क्षेत्रमा बीभत्स अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको  छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ । अपराधी पत्ता लगाउन खोजीकार्य अगाडि बढाइएको प्रहरीले जनाए।