विराटनगर।कञ्चनपुर, इजरायलमा हमासद्वारा मारिएका नेपाली युवा विपिन जोशीको अन्त्येष्टिका क्रममा महाकाली नदी किनारमा फालिएको उनको गिटार भीमदत्त नगरपालिका–११ का वडा अध्यक्ष प्रकाश थापाले ल्याएर सुरक्षित राखेका छन्।
थापाले भने, “यो फाल्नु मलाई उचित लागेन। फालेर नष्ट गर्नुभन्दा जोगाएर नेपालीहरूको मनमा नेपालप्रतिको माया जगाउनुपर्छ।” उनले थपे, “हामी सबैले विपिनलाई सम्झनुपर्छ र उहाँको बहादुरीको सधैं कदर गर्नुपर्छ।”
उनका अनुसार, उक्त गिटार विपिनको सम्झनाको रूपमा सुरक्षित राखिनेछ र आगामी दिनमा स्थानीयस्तरमा प्रदर्शनीका रूपमा पनि राख्ने सोच रहेको जनाए।




















