लगाइदिनु टीका बहिनी सप्तरङ्गभरि,

आइरहोस्  वर्षैपिच्छे  तिहार यसैगरी ।


सयपत्री र मखमलीको माला लगाइदिनु

ढाका टोपी  लगाइदिनु शिर सजाइ दिनु

दिनु आशिष फैलिरहुन् भन्दै दुबोसरी

लगाइदिनु  टीका  दिदी  सप्तरङ्गभरि।


सगरमाथा शिखर झैँ  भाग्य बनोस् उच्च

हटुन् दुःख  पिर बाधा  हृदय होस् स्वच्छ

फुल जस्तै सुगन्धित बन्नु सुबास छरी

लगाइदिनु टीका बहिनी सप्तरङ्गभरि।


ओखरसँगै  फोडिदिनु  रोग  व्यथा र कष्ट

दुश्मन  पनि  मित्र बनुन्, पीडा  हउन नष्ट

लाखौँ जुनी चेली माइती बनौँ यसैगरी

लगाइदिनु  टीका   दिदी  सप्तरङ्गभरि।


नवराज  नवशिला ।

, बेलबारी - २, नवदेव मार्ग लाल भित्ती मोरङ।