बाल्यकालका 

ती दिनहरू

कागकुकुर ,

गाईगोरु

लक्ष्मीपूजा

घरआँगन गोठ

गोबरमाटो

कमेरो 

रातो माटो

बाटो लिपपोत

चारैतिर सरसफाइ 

बालिन्छ बत्ती दियो

दाजुभाइ पूजा

दिदी बैनीले

आशीर्वाद दिँदै

सप्तरङ्गी लाउँछन्

टीका

झपक्क पार्छन्

फूलमालाले गला

वर्ष दिनको पर्व

आनन्दको मेल 

यो तिहार! 


आज झसङ्ग भए 

चुपचाप ती दिन

बाल्यकालको

आँखामा सजिन्छ


सबैतिर 

घरआँगनमा 

रोपेर फूल 

मखमली सयपत्री

ढकमक्क फुलेर 

सजिन्थो!


असिमित  उत्साहले 

शहरबाट  आफ्नै

गाउँ फर्केर

देउसीभैलो 

बाँसुरी 

मादल बजाउँदै

एकताले भट्याउदै

संस्कृति संस्कार 

रक्षार्थ नाच्दै 

गाउँदै बिताएका

अब आउँदैन 

फर्केर त्यो

तिहार ! 


साथीभाइको

सम्झना भएर

खिन्नताले

साँच्चै गार्हो

भयो  यो तिहार ! 


महँगीको मारले

निस्सासिएर

देखावटी  तामझामको

बतासले 

प्रष्ट  देखिन्छ 

बिभिन्न  परिकार

यस्तै साजसज्जा

झकिझकाउ  

तासजुवाले

बिगारेको छ

परिवार   

सहजता पन्छाएर 

विकृतिले भत्काएर 

बढेको तिहार !!

लक्ष्मि पोखरेल 

विराटनगर-३