विराटनगर । बेलबारी ,साहित्यकार ईरानराईको कथा सङ्ग्रह "चुडेल्नी" आज शनिवार लोकार्पण गरिएको छ ।
सगरमाथा इङ्ग्लिस स्कुल बेलबारीको सभाकक्षमा भएको सार्वजनीकरण कार्यक्रममा प्रमुख अतिथि साहित्यकार कुन्ता शर्माले सार्वजनिक गरेकि थिइन् ।
कृतिमामाथि समीक्षकहरू दिनेशराज सुवेदी, विन्दु दाहाल मूकदर्शक र शरण राईले समिक्षा गरे।
कथाकार ईरानराईले कथा लेखनको यात्रा र पृष्ठभूमिका बारेमा वोले । २०५० सालमा प्रकाशन गर्ने योजना भएपनि वल्ल ३२ बर्षपछि प्रकाशन भएको जानकारी दिएका थिए।
कार्यक्रम बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा भएको थियो ।
चुडेल्नी कथा सङ्ग्रहमा चुडेल्नी, बोक्सी, बोक्सो, डायनी, डङ्केनी लगायत शिर्षकमा दश वटा कथाहरू सङ्ग्रहित रहेका छन् ।




















