विराटनगर । नोबेल कलेज शिक्षण अस्पताल र नेपाली कांग्रेस विराटनगर–११ को संयुक्त आयोजनामा विराटनगर–११ को पञ्चमुखीचोकमा वृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट कुल तीन सय ९९ जना स्थानीय बासिन्दाहरूले सेवा लिएका छन् ।

नेपाली कांग्रेस वडा सभापति रामसुन्दर राजवंशीको नेतृत्वमा आयोजित सो  शिविर नोबेल मेडिकल कलेजका प्राडा सीता घिमिरेको समन्वयमा  गरिएको थियो ।  शिविर प्रमुखको रूपमा नवीन दहालले जिम्मेवारी सम्हालेका थिए ।

शिविरमा स्थानीयहरूलाई विशेषज्ञ डाक्टरहरूद्वारा विभिन्न स्वास्थ्य सेवाहरू प्रदान गरिएको थियो । प्रमुख रुपमा जेनेरल मेडिसिन सेवा,  बालरोग, स्त्रीरोग, दन्तरोग, छालारोग,  नाक, कान, घाँटी (ईएनटी),  हाडजोर्नीको सेवा  प्रदान गरिएको थियो ।