विधालयमा आलु
कलेजमा आलु
खेल कुदमा आलु
कमाइ धमाइ आलु
घर ब्यवहारमा आलु
जीवन भर आलु
भन्दा केही खाको छैन
अनि
बुडेसकालमा सुगर
नलागेर के जण्डीस
लागोस त बाबै भनेर
बिर्खे झोक्रायर
बसेको हिजो जस्तो
लाग्दथ्यो !
आज बा को बारौ
पून्य तिथि काका
भन्दै पिण्ड सेलाउन
गंगा तिर हिडेको
बिर्खे को छोरालाई
देख्दा ए बाबु गंगा
यो कलिकाल मा
कहाँ धर्तीमा झर्छिन
गंगा त शिव जी कै
जटामा अलमलियर
कैलाश तिरै भौतारिदै
छिन !
तेसैले भो पिण्ड
बोकेर खोला सम्म
धाउने कष्ट नगर
बाबु सराध्द गरेर
पिण्ड नालीमा सेलाउनु
भन्दा बरू सराध्द
नै
नगरेको जाती
त्यो बेकार को
लोकाचार अनि
कष्ट मात्र
हो
भनेर भन्न पनि
नसकेर पिण्ड
बोकेर खोलातिर
बा लाई तार्न दौडिरेको
बिर्खेको छोरालाई
देखेर मन इन्तु न
चिन्तु छ !
लब खड्का
बुढानिलकण्ठ हात्तिगाडा
जय भद्रकाली !




















