विराटनगर । भक्तपुर ,तिहार नजिकिँदै गर्दा भक्तपुरका कुमाले (प्रजापति) समुदायका मानिसहरू पाला बनाउने काममा व्यस्त देखिएका छन्। दीपावलीमा दियो बाल्न प्रयोग हुने पालाको माग बढेसँगै उनीहरू माटो संकलन, सुकाउने, पोल्ने र बजार पठाउने काममा दिनरात खटिएका छन्।
तर, यो वर्ष आवश्यक माटोको अभावले उनीहरू मागअनुसार पाला उत्पादन गर्न नसकेको गुनासो गर्छन्। शहरीकरण, सडक विस्तार र प्लानिङका कारण माटो उत्खनन गर्न पाउने स्थान घटेपछि यो परम्परागत पेशा संकटमा परेको व्यवसायीहरूको भनाइ छ।




















