बाँसुरी कसले बजायाे अचानक रातमा
यादले उनकाे सतायाे अचानक रातमा
बैगुनीले बिर्सियाे भन्ने लागेको थियोे
सम्झिएकाे रै´छ आयो अचानक रातमा
मनले चाहेकाे मेराे शान्तिकाे आभास हाे
किन्तु पीडा सल्बलायाे अचानक रातमा
खुसखबर साेधेकाे मात्रै थिएँ मैले जसै
वेदना उसले सुनायाे अचानक रातमा
स्वप्नकाे आकाशमा भावनामा बहकिएँ
कुन्नि के भाे दिल हरायो अचानक रातमा
डा. घनश्याम परिश्रमी




















