विराटनगर। सौन्दर्यकला व्यवसाय संघ नेपाल, मोरङ जिल्ला कमिटीद्वारा आयोजना गरिएको तीन महिनाको निःशुल्क ब्युटिसियन तालिम सम्पन्न भएको छ।
यस तालिमको मुख्य उद्देश्य सौन्दर्यकला क्षेत्रमा महिलाहरूलाई आत्मनिर्भर, दक्ष र व्यवसायमुखी बनाउने रहेको थियो।

समापन कार्यक्रममा संघकी केन्द्रीय उपाध्यक्ष सन्तोषी श्रेष्ठ प्रमुख अतिथि रहेको उक्त कार्यक्रमको विशिष्ट वक्ता एवं समाजसेवी नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य परशुराम बस्नेत, अतिथि युवा संघ नेपाल केन्द्रीय सदस्य किरण लामा, मोरङ जिल्ला अध्यक्ष तथा रंगेली नगर कमिटीका पदाधिकारीहरू लगायतका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


Messenger_creation_94FC1897-6677-4CED-9B79-7C34D72D04D4



Messenger_creation_6866DEB0-DAE8-4DE9-9C8A-33FA9E101AF1


कार्यक्रमको सञ्चालन सौन्दर्य र सिर्जनशीलताको संगमझैँ मनोहर वातावरणमा गरिएको थियो।
तीन महिनासम्म निरन्तर प्रशिक्षण प्राप्त गरेका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै प्रशिक्षार्थीहरूले सिकेका सीपहरूको छोटो प्रदर्शन समेत प्रस्तुत गरेका थिए। प्रस्तुतिहरूले व्यावसायिक दक्षता र कलात्मक सौन्दर्यको अद्भुत मेल प्रदर्शन गरेका थिए, जसले उपस्थित सबैलाई मन्त्रमुग्ध बनायो।

वक्ताहरूले सौन्दर्यकला व्यवसायले आत्मनिर्भरता, रोजगारी र सृजनशीलताको मार्ग खोल्ने कुरा औंल्याउँदै आगामी दिनमा अझ प्रभावकारी तालिमहरू सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रमको समापन सत्रमा आयोजक समितिको तर्फबाट आउँदै गरेको दिपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना आदानप्रदान गर्दै समारोह सौहार्दपूर्ण वातावरणमा सम्पन्न गरिएको थियो।