काठमाडौँ।असोज २८ — हमासद्वारा मारिएका भनिएका नेपाली युवा विपिन जोशीको सन् २०२३ कै अन्त्यतिर हत्या भएको पुष्टि भएको छ। इजरायलस्थित नेपाली दूतावासका अनुसार, सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणले विपिनको मृत्यु सन् २०२३ मै भएको प्रमाणित गरेको हो।

डीएनए परीक्षणबाट हमासले हस्तान्तरण गरेको शव विपिनकै भएको पुष्टि भएको दूतावास स्रोतले जनाएको छ। सन् २०२३ अक्टोबरमा हमास आक्रमणका क्रममा हराएका नौ नेपाली विद्यार्थीमध्ये विपिन पनि एक थिए।

रिपोर्टपछि उनको शव नेपाल पठाउने तयारी सुरु गरिएको र परिवारलाई आवश्यक कानुनी तथा मानवीय सहयोग उपलब्ध गराइने दूतावासले जनाएको छ।