काठमाडौं। अखिल नेपाल किसान महासंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई किसानलाई अपमान गरिएको स्टाटस हटाई माफी माग्न आग्रह गरेको छ।
आज एक विज्ञप्ति जारी गर्दै महासंघले मेयर साहले आफ्नो फेसबुक स्टाटसमा किसानलाई अपमानित गर्ने गरी ‘किसानझैँ फोहर’ भन्ने अभिव्यक्ति दिएको भन्दै गम्भीर आपत्ति जनाएको हो।
विज्ञप्तिमा भनिएको छ, “देशका उत्पादनकर्ता किसानलाई यस्तो अपमानजनक शब्द प्रयोग गर्नु किसानमाथिको मात्र होइन, सम्पूर्ण श्रमजीवी वर्गमाथिको अपमान हो।
महासंघले तत्काल उक्त स्टाटस हटाएर सार्वजनिक माफी माग्न मेयर शाहलाई आग्रह गर्दै यस्तो अभिव्यक्ति गैरजिम्मेवार र घमण्डपूर्ण भएको टिप्पणी गरेको छ।




















