विराटनगर। इजरायलमा हालै भएका घटनासँग सम्बन्धित रूपमा बेपत्ता भएका नेपालीहरूमध्ये विपिनका बारेमा विभिन्न अफवाह फैलिएको भन्दै उनकी बहिनी पुष्पाले ती सबै समाचारहरू गलत भएको बताएकी छन्।
उनका अनुसार,दादाको निधन भएको भन्ने कुनै पुष्टि भएको छैन। उहाँ अहिले कहाँ हुनुहुन्छ भन्नेबारे पनि अहिलेसम्म कुनै ठ्याक्कै जानकारी प्राप्त भएको छैन। इजरायली सेनाले समेत खोजी कार्य जारी रहेको जनाएको छ।पुष्पाले भनिन्।
आज फर्काइएका २० जना नेपालीमा दाइ पर्नुभएन, त्यति मात्र हो। उहाँको सास छ।भन्ने लागुन्जेल कृपया निधन भयो भनेर समाचार नहालिदिनुहोस्, यसले हामीलाइ झनै कमजोर बनाउँछ।
परिवारका सदस्यहरूले दाइ विपिनको सुरक्षित फिर्तीको आशा अझै जिउँदो रहेको बताएका छन्।




















