उ हिजो थियन आज छैन भोलि पनि हुँदैन 

उस्लाई तिम्रा कुनै क्रियाकलाप ले छुँदैन 

जति सुनाउ आफ्नो अन्तर  मनको ब्यथा 

उ पत्थर हो तेसैले अर्काको दुखमा रूँदैन !

मुक्तक-:२

जता हेर्यो चौतर्फी कलुषित बजार छ 

असत्यको जित अनि सत्यको हार छ 

टुप्पाबाट पलाउनेको खुट्टा भुइँमा छैन 

हातमा सय नहुनेहरूको फुर्ती हजार छ !

मुक्तक-:३

कोही सँग केही पाउनु छैन केही गुमाउनु छैन 

कसैलाई व्यअर्थ फनफनी घुमाउनु छैन

कडा परिश्रमको पसिना ले अर्जेको खून 

फोगटिया भोका जुकालाई खुवाउनु छैन !

मुक्तक-:४

अविश्वासको इटाले दरबार कसरी 

एउटा म्यानमा दुइटा तरबार कसरी 

चोर छन नानी ढाँटी हिड्ने रैछ बानी 

घाती सँग हुन सक्ला घरबार कसरी ! 

लब खड्का 

 काठमाडौ ,बुढानिलकण्ठ हात्तिगउडा

  जय भद्रकाली !