विराटनगर।रसुवा,लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित क्षेत्रमा आएको बाढीले भक्तपुरका एउटै परिवारका तीन सदस्यसहित चार जनालाई बगाएको छ।

स्थानीय प्रशासनका अनुसार शुक्रबार राति आएको आकस्मिक बाढीले पर्यटकसहितको समूह रहेको ट्रेलको भाग बगाएको हो। उक्त समूह लाङटाङ घुम्न गइरहेका बेला गोसाइँकुण्ड गाउँपालिका–४ मा बाढीको चपेटामा परेको जनाइएको छ।

बाढीमा परेकामध्ये भक्तपुरका एउटै परिवारका तीन सदस्य र अर्का एक जना स्थानीय गाइड रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। हालसम्म उनीहरू बेपत्ता रहेका छन् भने खोज तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।