विराटनगर। लगातार वर्षासँगै आएको बाढीले विराटनगरको १२ बखरि क्षेत्रमा जनजीवन कष्टकर बनेको छ। त्यसमाथि नेपाल विद्युत प्राधिकरणको लापरबाहीका कारण स्थानीयहरू झनै समस्यामा परेका छन्।

स्थानीयवासीका अनुसार तीन दिनदेखि सो क्षेत्रमा बिजुली सेवा पूर्णरूपमा बन्द छ। बाढीका कारण घरभित्र पानी पसेर सबै सामान भिजेर कामनलाग्ने भएको छ।भने अन्धकारका कारण राहत र उद्धार कार्यसमेत कठिन भएको पीडितले जानकारी दिए।

“फोन गर्दा पनि उठाउँदैनन्, कहिले रुख ढल्यो भन्छन्, कहिले पोल ढल्यो भनेर बाहाना बनाइरहेका छन्,” एक पीडित सेवाग्राहीले दुख व्यक्त गरे। उनका अनुसार प्राधिकरणका कर्मचारीहरूले समयमै मर्मत कार्य नगरेर स्थानीय जनतालाई ठूलाे सास्ती दिएको छ।

बाढी र विद्युत् अवरोधका कारण स्थानीयहरू अत्यन्तै असहज भोगिरहेका छन्।