विराटनगर।इलाममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २१ पुगेको छ। अबिरल वर्षापश्चात शनिबार राति गएको पहिरोमा परी इलाममा एकै परिवारको ६ जनासहित २१ जनाको मृत्यु भएको छ। 

घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । पहिरोमा फसेकालाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको छ।