विराटनगर । नेपालीहरुको महान चाड बडादशैंको मुख्य दिन मान्यजनहरूको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ । र दिनभरी लगाउन सकिने छ।
विजया दशमीको टीका लगाउने व्यक्तिले पूर्व फर्किएर टीका लगाउनु पर्ने र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।




















