विराटनगर।सप्तरी राजविराज, नेपाली सेनाको हेलिकप्टर मार्फत बडादसैँको अवसरमा महानवमीका दिन सप्तरीका दुई शक्तिपीठमा पुष्प वृष्टि गरिएको छ ।

जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा नेपाली सेनाको हेलिकप्टरमार्फत पृष्प वृष्टि गरिएको हो ।

विगत तीन वर्षदेखि महानवमीका दिन यहाँ हेलिकप्टरमार्फत पृष्प वृष्टि गराउन थालिएको छ ।

कङ्कालिनी मन्दिरमा महानवमीका दिन वुधबार यहाँ राँगा बलि दिने चलन छ ।

राँगा बलिका लागि हालसम्म ५९० आइपुगेको मन्दिर विकास समितिले जनाएको छ । वुधबार यहाँ पनि ठूलो मेलासमेत लागेको छ ।

त्यस्तै जिल्लाको छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडामा रहेको छिन्नमस्ता भगवती मन्दिरमा समेत पुष्प वृष्टि गरिएको छ ।