विराटनगर । राष्ट्रसेवक ऋण तथा बचत सहकारी संस्थाद्वारा संचालित ‘साहित्य सृजना र संवाद’ कार्यक्रमको ७० औँ श्रृङ्खला सम्पन्न भएको छ।
संस्थाको सभाहलमा साहित्यकार शिवनारायण सिँघलको सभापतित्वमा भएको कार्यक्रममा गाेपाल निर्भीकले उद्घोषणा गरेका थिए भने साहित्यकार अच्युत घिमिरे प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा भवानीप्रसाद पोखरेल, गोविन्द ढुंगाना, बाबुराम पोखरेल, शैलेन घिमिरे, शम्भुप्रसाद भट्टराई, डोमी कामत, विकल्प कौशिक, रिज्मा रेग्मी, निर्मला नेपाल, रेवतीरमण रेग्मी, एकनाथ ढकाल, सरिता तुलाधर, गोविन्द भगत, प्रिन्स प्रमोद ढकाल, भरत बर्बरिक र गोपाल निर्भीकलगायतका साहित्यकारहरूले आफ्ना-आफ्ना सृजनाहरू प्रस्तुत गरेका थिए।
प्रमुख अतिथि अच्युत घिमिरेले मन्तव्यसहित कविता वाचन गरेका थिए भने सभापति शिवनारायण सिँघलले पनि विचारसहित कविता प्रस्तुत गरेका थिए।
कार्यक्रममा नगेन्द्रमणि न्यौपाने र विध्या न्यौपानेद्वारा स्थापना गरिएको सहभागी प्रोत्साहन पुरस्कार यसपटक सरिता तुलाधरलाई प्रदान गरिएको थियो।




















