टिका, जमरा, आशीर्वाद लिन्छन् सबै आलो पालो,
घरभरि हर्ष झरेर मेटिन्छ दुःखको सबै सबै उकालो।
दिदीबहिनी, दाजुभाइ भेट्दा फुल्छन् हाँसोका फूल,
मातापिताको मुहारमा उदाउँछ न्यानो घामको उज्यालो।
कहीं खल्पी, कहीं चिउरा, पोतिन्छ घरको क्यानभास,
बालापनको रंगले सजाउँछन् चाडको रमाइलो टालो।
रोटे लिङ्गे पिङ घुमाउँदा गाउँ झन् वसन्तजस्तो, हुने
पिङको घुमाइसँगै फाल्छन् मनका यी पुराना जालो।
साथीभाइ भेट हुँदा, कहीं भट्टी, कहीं चौतारी, राम्रो
खुसी साट्दै,सम्झनाको गुँडमा पस्दै गर्छन् हातेमालो
जमुना क्षेत्री
इटहरी, हलगडा




















