विराटनगर । ‘जेनजी’ आन्दोलनपश्चात मुलुकमा उत्पन्न राजनीतिक, सामाजिक र आर्थिक संकट सम्बोधन गर्न नेकपा (एमाले) र कम्युनिष्ट आन्दोलनलाई नयाँ चेतनासहित पुनर्गठन गर्नुपर्नेमा नेता योगेश भट्टराईले जोड दिएका छन् ।
उनले आन्दोलनका क्रममा भएको दमन, विध्वंस र त्यसपछिका असरहरूको सत्यतथ्य छानबिन आवश्यक रहेको उल्लेख गर्दै संविधान र लोकतान्त्रिक प्रक्रियाको रक्षा नै पहिलो शर्त भएको स्पष्ट पारे ।