विराटनगर। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले लामो संघर्षपछि यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार हुन लागेको भन्दै खुसी व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले करिब ६ करोड ७० लाख लागतमा निर्माण भइरहेको पार्कको केही तस्बिरसमेत सार्वजनिक गरेका छन् ।
उनका अनुसार काठमाडौँ–५ मा १३ रोपनी सरकारी जग्गा संरक्षण गरी पार्क निर्माणको काम सुरु भएको हो । हाल निर्माण कार्य करिब आधा सकिएको छ । मेयर बालेनले यो पार्क केवल खेलकुदका लागि मात्र नभई संस्कृतिलाई अभिव्यक्ति दिने, कला–संगीतलाई प्रोत्साहन गर्ने र परिवारमैत्री सामुदायिक स्पेसका रूपमा रहने बताए ।




















