विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विधिको शासन, कानुनी राज र संवैधानिक सर्वोच्चता भएको मुलुकमा कसैको हुकुमी शासन नचल्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले संघ, प्रदेश र स्थानीय तहका सरकारहरू सुशासनसहित भ्रष्टाचारमुक्त ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् ।

‘आफ्नो कानुनी दायरा र क्षेत्राधिकारभित्र रहेर निर्णय र काम गर्नु नै लोकतान्त्रिक संस्कार हो,’ भन्दै मुख्यमन्त्री कार्कीले संविधान र कानुनअनुरूप सबैले काम गर्नुपर्ने बताएका छन् ।