झापा । अर्जुनधारा नगरपालिका–९ स्थित सुखानी सहिद स्मृति प्रतिष्ठानभित्र रहेको कछुवा संरक्षण तथा प्रजनन केन्द्रबाट दुर्लभ चारवटा कछुवा चोरी भएका छन् । गत भदौ २४ गते ‘जेन-जी’ प्रदर्शनका क्रममा प्रतिष्ठानका संरचनामा आगजनी र तोडफोड हुँदा ७० लाख रुपैयाँ बराबरको क्षति भएको र यसै क्रममा कछुवा चोरी भएको प्रतिष्ठानका व्यवस्थापक रुद्रमणि सुवेदीले जानकारी दिएका छन् ।
केन्द्रमा १० प्रजातिका ६० वटा दुर्लभ कछुवा संरक्षित रहेका छन् । हाल प्रवेश बन्द गरिएको प्रतिष्ठान असोज ११ गतेदेखि पुनः पर्यटकका लागि खोल्ने तयारीमा छ ।




















