विराटनगर । बर्दघाट- ४ नवलपरासी निवासी प्रसिद्ध साहित्यकार डा. घनश्याम न्यौपाने परिश्रमीले यस वर्षको बडादसैँ पर्वमा शुभकामना आदानप्रदानमा सहभागी नहुने घोषणा गरेका छन्। जेन जि समूहको आन्दोलनमा सरकारद्वारा भएको बर्बर दमन र निर्दोष, निहत्था किशोर/युवाहरूको हत्या काण्डप्रति तीव्र आक्रोश व्यक्त गर्दै शुभकामना आदानप्रदान नगर्ने निर्णय गरेको हो ।
परिश्रमीले घटनाबाट परिवारजन शोकसन्तप्त अवस्थामा रहेका छन् भने सिङ्गो मुलुक नै शोकमा डुबेको छ । यस्ता परिस्थितिमा बडादसैँ जस्तो चाडमा शुभकामना दिन वा लिन नसक्ने अवस्थामा पुगेको छु भन्दै एक विज्ञप्ति जारी गरेका हुन् ।




















