दामीदामी सुट अरे
राेल्याक्सकाे घडी
लाखौं पर्ने सुत्ने पलङ
करोडौंकाे गाडी
यस्तै कुरा सुनाउछन्
झुठो हाे कि साँचो
आस्था माथि तिर चल्दा
नभनि देउ तँलाई के काे खाँचो ,
छाेराछाेरी भाइभतिजा
वादमा पस्याै कि
आफ्नै हुक्के चम्चेहरुका ,जालमा फस्याै कि
सतिसालकाे खम्बा ठान्याै,कहि सुक्याै कि
झिनामसिना कुरा मै गल्याै,कहि चुक्याै कि,
हाम्ले चाहयाै हाेचि मिन्ह,मार्काेस बन्याै कि
आफ्नो आस्था आफै पूर्ने खाल्डाे खन्याै कि,
छाती माथि संगिन आउदा मुटु फुल्दाे रै छ
आस्था माथि तिर चल्दा
मुटु जल्दाे रै छ,
गाेपाल निर्भीक
विराटनगर




















