विराटनगर । विराटनगर महानगरपालिका\४ दुधफार्म अगाडि शनिबार साँझ भएको सवारी दुर्घटनामा ३२ वर्षीय प्रदीपबहादुर भण्डारीको ज्यान गएको छ।
सर्लाही घर भई हाल विराटनगरमा बस्दै आएका भण्डारी सुन्दरहरैंच््४ स्थित इटहरी इन्टरनेशनल कलेजमा कार्यरत थिए।
प्रहरीका अनुसार बरगाछीबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०१–०१५ प २१९७ नम्बरको स्कुटरले बाटो काट्दै गरेको नम्बर नखुलेको सिटी सफारीलाई पछाडिबाट ठक्कर दिएको थियो। ठक्करपछि स्कुटर अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किँदा चालक भण्डारी गम्भीर घाइते भएका थिए।
घाइते अवस्थामा भण्डारीलाई उपचारका लागि नोबेल अस्पताल लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न सिटी सफारीको खोजीकार्य प्रहरीले अगाडि बढाएको छ।




















