रङ्गेली–८, दरवेशा (मोरङ) । महालक्ष्मी माध्यमिक विद्यालयमा आज विशेष कार्यक्रमको आयोजना गरी सांस्कृतिक पोशाक दिवस मनाइएको छ ।
मिति २०८२ साल असोज ५ गते आइतबारको दिन विद्यालयका विद्यार्थीहरू आ–आफ्नो जातजाति र संस्कृतिअनुसारको परम्परागत पोशाकमा सजिएर उपस्थित भएका थिए।
कार्यक्रममार्फत विद्यार्थीहरूले पाठ्यपुस्तकमा मात्र सीमित नभई आफ्नै संस्कार, संस्कृतिको संरक्षण र प्रचार–प्रसार गर्नु उत्तिकै जरुरी छ भन्ने सन्देश दिएका छन्।
विद्यालयका शिक्षक–शिक्षिकाले यस किसिमका कार्यक्रमले विद्यार्थीलाई विविधता बुझ्न, परम्पराप्रति गर्व गर्न र सामाजिक समावेशिताको भावना बढाउन सहयोग गर्ने बताएका छन्।




















