विराटनगर।काठमाडौँ । हिन्दू धर्मावलम्बीहरूले पितृहरूको स्मरणमा गर्ने धार्मिक पर्व सोह्र श्राद्ध (पितृपक्ष) आजदेखि सकिँदै छ ।
श्राद्धमा दिवङ्गत पितृलाई पिण्ड, जल र तर्पण अर्पण गरी सम्झने परम्परा रहेको छ। धार्मिक विश्वासअनुसार यस कार्यले पितृऋणबाट मुक्ति दिलाउने र वंशजलाई श्रापबाट जोगाउने मान्यता छ।
गोकर्णेश्वर, उत्तरगया, देवघाट, बेत्रावती, त्रिवेणीसहितका प्रमुख तीर्थस्थलमा आज बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको छ।
पितृपक्ष सकिएसँगै अब दुर्गापक्ष (बडादसैँ) सुरु हुनेछ। यस वर्ष घटस्थापना असोज ६ गते सोमबार परेको छ।




















