मुग्लिन।नारायणघाट सडकखण्डको मुग्लिन नजिकै तुइन खोलाको छेउमा आइतबार साँझदेखि निरन्तर पहिरो झर्दै आएकाले सवारीसाधन आवागमन दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ।

रातभरि पनि पहिरो झर्ने क्रम नरोकिएपछि सुरक्षाका कारण बाटो बन्द गरिएको हो। पहिरो अझै जारी रहेका कारण तत्काल यातायात सञ्चालन असम्भव भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

हाल पहिरो हटाउनका लागि २ वटा लोडर तयारी अवस्थामा राखिएको छ। भने अर्को एउटा एक्साभेटर पनि घटनास्थलतर्फ जाँदैछ। सुरक्षालाई मध्यनजर गर्दै पहिरो रोकिएपछि सम्भव भएसम्म छिटो सडक सुचारु गरिने बताइएको छ।